दल

कम्युनिस्ट आन्दोलनको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्छ : मोहन वैद्य

इकागज |
फागुन १२, २०८० शनिबार १८:१९ बजे

काठमाडौँ- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन् ।

घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वैद्यले कम्युनिष्ट आन्दोलनमा संशोधनवाद व्याप्त रहेकाले त्यसका विरुद्ध संघर्ष गर्नुपर्ने बताएका हुन् । उनले प्रतिक्रियावाद र संशोधनवादविरुद्ध संघर्ष गर्न अब तयारी गर्नुपर्ने धारणा राखे ।


कम्युनिष्टहरूले संसदीय व्यवस्थालाई आदर्श मानेर जाने काम नेपालमा दुर्भाग्यको घटना भएको वैद्यले बताए । उनले धोकाधढीका कारण नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने अभियान बीचमै रोकिएको जिकिर गरे ।

संसदलाई स्वीकार गर्ने प्रवृत्तिले मुलुकलाई अघि बढाउन नसक्ने भएकाले सच्चा मार्क्सवादीहरू विचारात्मक संघर्षलाई अघि बढाउन एक ढिक्का हुनुपर्ने उनले बताए । 


Author

थप समाचार
x