दल

माओवादी स्थायी समिति बैठक बस्दै, नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी

इकागज |
फागुन १३, २०८० आइतबार ७:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आज बस्न लागेको हो । 


सो बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा पदाधिकारीसहित नेताहरूको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको थियो भने बैठकमा अभियानबारे समीक्षा र तराई मधेश अभियान चलाउने निर्णय भएपनि कार्यविभाजन गर्न बाँकी रहेको छ । जुन आज सकाउने तयारी छ ।

साथै माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाई सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाई सजाय गर्ने पनि जनाइएको छ ।


Author

थप समाचार
x