दल

माओवादी स्थायी समिति बैठक सर्‍यो

इकागज |
चैत १, २०८० बिहीबार ७:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः सरेको छ ।

गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण आजका लागि तय गरिएको थियो । 


तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक भोलिका लागि सारिएको हो । अब सो बैठक भोलि पेरिसडाँडा कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । 

सो स्थायी समिति बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिने भनिएको छ ।


Author

थप समाचार
x