दल

माओवादी स्थायी समिति बैठक जारी

इकागज |
फागुन १६, २०८० बुधबार १०:२९ बजे

काठमाडौं - नेकपा माओवादीको स्थायी समिति बैठक जारी छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा समसामयिक विषयमा कुराकानी भइरहेको छ । 


मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने र यसका लागि पार्टी अध्यक्षले गठबन्धनमा अडान राख्नुपर्नेमा सदस्यहरुले जोड दिएका हुन् ।

माओवादी प्रवक्ता अग्नि सापकोटाले बैठकमा अधिकाशं स्थायी कमिटि सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीबाट हुनुपर्नेमा जोड दिएको र यसबिषयमा बुधबारको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए । 


Author

थप समाचार
x