दल

राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

इकागज |
फागुन २०, २०८० आइतबार १५:१९ बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रिय सभाका प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन् ।

एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुने गरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको उनले बताइन् । राष्ट्रिय सभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो ।


एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्छिन् ।


Author

थप समाचार
x