दल

आफ्नै निवासमा बोलाएर देउवाले गरे मन्त्रीहरूसँग छलफल

इकागज |
फागुन २०, २०८० आइतवार २०:२५ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएका थिए ।

मन्त्रिपरिषद् पुन: गठन, राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र गठबन्धनका विषयमा सत्ता गठबन्धनमा विषयमा उनले छलफल गरिएको बताइएको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिने कार्यक्रम छ । त्यसअघि विहान गठबन्धनको बैठक बोलाइएको छ ।


Author

थप समाचार
x