दल

निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चौधरी अदालत जाने

'सुदूरपश्चिम सरकारबाट हाम्रा मन्त्री फिर्ता हुँदैनन्'

इकागज |
फागुन २६, २०८० शनिबार १८:२७ बजे

बुटवल- नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले निर्वाचनको आयोगको गरेको निर्णयको विषयमा आफू अदालत जाने सक्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले निर्वाचन आयोगको पत्र अझैसम्म नबुझेको बताउँदै आइतबार १० बजेपछि पत्र बुझेर नयाँ ढङ्गबाट जाने बताएका  हुन् । 

उनले अहिलेसम्म पत्र स्पष्टसँग अध्ययन नभएकोले पत्र बुझेपछि राजनीतिक या कानुनी उपचार खोज्ने बताए । देशका निकै थोरै पार्टीको मात्र महाधिवेशन हुने र त्यसमा नागरिक उन्मुक्ति पार्टी एक भएको बताउँदै उनले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको र त्यसले गरेको निर्णयमा निर्वाचन आयोगले बाधा पुर्‍याएकाले उचित उपचार खोजिने उनको भनाइ थियो ।


उनले सुदूरपश्चिममा आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरू फिर्ता नहुने बताए । उनले देशमा ठूला पार्टीले देशका लागि नसोच्दा समस्या भएको बताए । उनले आफ्नो पार्टीको जम्मा ४ सिट भएकाले ठूला दलहरूले भ्यागुतोको धार्नी बनाउने गरेको आरोप लगाए ।


Author

थप समाचार
x