दल

राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक

इकागज |
फागुन २६, २०८० शनिबार २२:० बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि एवं सेना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज साँझ आयोजित स्वागत समारोहमा सरिक भएका छन् ।

उनी नेपाली सेनाका परमाधिपति हुन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख सहभागी थिए । नेपाली सेनाले यसपटक महाशिवरात्रि दिन आफ्नो दुई सय ६१औँ स्थापना दिवस मनाएको थियो ।


उपप्रधानमन्त्री, मन्त्रीगण, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको स्वागत समारोहमा उपस्थिति थियो ।  त्यस अवसरमा गैरआवासीय सैनिक सहचारी तथा युवा आदान प्रदान कार्यक्रममा  नेपाल भ्रमणमा रहेका विभिन्न देशका नेशनल क्याडेट कोर्षका छात्रछात्राको पनि सहभागिता थियो  ।


Author

थप समाचार
x