दल

एमालेले बोलायो संसदीय दलको बैठक

इकागज |
फागुन २८, २०८० सोमबार २०:४९ बजे

काठमाडौँ- नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक सोमबार दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी बोलाइएको हो ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । त्यस अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।


यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। माओवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन पार्टीका सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ ।


Author

थप समाचार
x