दल

प्रधानमन्त्रीलाई विश्वासको मत दिन र सरकारविरुद्ध नबोल्न आफ्ना सांसदलाई ओलीको निर्देशन

इकागज |
फागुन २९, २०८० मंगलबार १६:३४ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । 

मंगलबार बसेको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।


साथै उनले सरकारविरुद्ध पनि नबोल्न निर्देशन दिएका छन् । ‘म साथीहरूलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुपर्यो भने आन्तरिक रूपमा गर्दा हुन्छ । नबुझिकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ,’ ओलीले भने ।
 


Author

थप समाचार
x