दल

प्रदिप ज्ञवालीको व्यंग्य : द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो

इकागज |
फागुन २९, २०८० मंगलबार १८:५४ बजे

रोल्पा- नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका छन् । 

एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश वर्ष चलेको द्वन्द्वले विकास गर्‍यो कि विनाश गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन् । 'दश वर्षसम्म चलेको द्वन्द्वले क्रान्ति सफल गरेन,' उपमहासचिव ज्ञवालीले भने, 'जनताको अवस्था फेरिएन । नेताको मात्रै जीवन स्तर उकासियो ।'


उनले क्रान्तिको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताए । सुन तस्करीको प्रसङ्ग कोट्याउँदै उपमहासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित भएका नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको टिप्पणी गरे । 'दश वर्ष द्वन्द्व के नेता र नेताका छोराले सुन तस्करीको लाइन मिलाउन थियो,' उनले भने, 'द्वन्द्वले रोल्पालाई के दियो भन्दा सुनैसुनका घर दियो भनेर व्यंग्य गर्ने बेला आयो । यो बिडम्बना हो ।'


Author

थप समाचार
x