दल

कांग्रेसले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने

इकागज |
फागुन २९, २०८० मंगलबार १९:३८ बजे

काठमाडौँ- नेपाली कांग्रेसले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहित प्रदेशका नेताहरूको बैठकले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्ने र अन्य प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।


बैठकपछि सहमहामन्त्री जीवन परियारले सम्भावना बाँकी रहेका प्रदेशमा सरकार जोगाउने विषयमा छलफल भएको जानकारी दिए । सातै प्रदेशका बारेमा प्रदेश सभापतिहरूसँग जानकारी लिएको र कांग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई बचाउने प्रयासलाई जारी राख्ने निर्णय भएको उनले बताए ।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रदेश सरकारको अवस्थाका बारेमा छलफल केन्द्रित रहेको र यथार्थ जानकारी लिने काम भएको बताए ।

त्यस्तै सदनमा विपक्षमा रहेका दलहरूसँग सहकार्य गरेर सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । 


Author

थप समाचार
x