दल

चौधरीले फेसबुकमा स्ट्याटस लेख्दा सँगै छु, पारिवारिक सम्बन्धमा कुनै समस्या छैन : अध्यक्ष श्रेष्ठ

इकागज |
फागुन ३०, २०८० बुधबार १७:३२ बजे

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले फरक–फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर नपर्ने बताएका छन् । 

बुधबार संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसंग कुरा गर्दै श्रेष्ठले पार्टीभित्र फरक फरक विचार हुनु स्वभाविक भएको भन्दै यसले पार्टीलाई कुनै असर नगर्ने बताएका हुन् । 


त्यस्तै उनले पार्टीभित्रको बहसले परिवारमा कुनै असर नपर्ने समेत बताए । उनले संस्थापक रेशम चौधरीले फेसबुकमा स्ट्याटस लेख्दा आफूपनि संगै गरेको जिकिर गरे । 

उनले निर्वाचन आयोगले पार्टी अध्यक्षमा रेशम चौधरीलाई अमान्य भन्दै गरेको निर्णयलाई पनि स्वीकार गरिसकेको जिकिर गरिन् । उनले आफ्ना पार्टी परिवारको नभई जनताको पार्टी भएको उल्लेख गरे । 


Author

थप समाचार
x