दल

कम्युनिष्ट आन्दोलन समानता र मानव स्वतन्त्रताको आन्दोलन : केपी ओली

इकागज |
चैत ८, २०८० बिहीबार १६:४१ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजको उन्नतिका लागि राजनीतिलाई माध्यम बनाउनुपर्ने बताएका छन् ।

५९ औं अन्तर्राष्ट्रिय जातिभेद तथा रंगभेद उन्मुलन दिवसका अवसरमा नेपाल उत्पीडित मुक्ति समाजले ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकमा समानता, शान्ति, विकासका साथ समग्र समाजको उन्नतिका लागि राजनीतिलाई माध्यम बनाउनुपर्ने बताएका हुन् ।


सरकारबाट हट्नुपर्यो भनेर संसद् अवरुद्ध गर्ने हल्ला गर्ने अवस्थाका लागि मात्रै लोकतन्त्र नल्याएको भन्दै उनले जनताका लागि वास्तबिक लोकतन्त्रको अभ्यास गर्नुपर्ने धारणा राखे ।

उनले समृद्ध नेपाल सुखी नेपालको अभियानमा अधिकारमात्रै नभई सुरक्षा र सम्मानलाई पनि जोडेको बताए । त्यस्तै ओलीले मुलुकमा जातीय भेदभाव अन्त्यको अभियान एमालेले सुरु गरेको र एमालेको पहलमा संविधानमा ती विषयहरूलाई मौलिक हकमा राखिएको जिकिर गरे ।

ओलीले कम्युनिष्ट आन्दोलन समानता र मानव स्वतन्त्रताको आन्दोलन भएको बताए । कर्मबाट जिम्मेवारीमा तलमाथि हुन सक्ने भए पनि जन्मबाट कोही सानो, ठूलो नहुने उनले स्पष्ट पारे । एमाले कुनै एउटा भूगोल, धर्म, जात वा समुदाय विशेषको पार्टी नभएको ओलीले स्पष्ट पारे ।


Author

थप समाचार
x