दल

कांग्रेसको राष्ट्रिय सभा प्रमुख सचेतकमा रोकाया मनोनीत

इकागज |
चैत १२, २०८० सोमबार १४:५५ बजे

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायालाई मनोनीत गरेको छ ।

कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको मुख्य सचेतकमा सांसद रोकायालाई मनोनीत गरेका हुन् ।


कांग्रेसको कर्णाली प्रदेशका महामन्त्री समेत रहेका रोकाया हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका हुन् ।


Author

थप समाचार
x