दल

रेशम चौधरी विदेशमा, रञ्जिताले बोलाइन् केन्द्रीय समिति बैठक

इकागज |
चैत १४, २०८० बुधबार १०:११ बजे

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा रहेको विवाद रोकिने संकेत देखिएको छैन ।

अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला आजको लागि टिकापुरमा केन्द्रीय समितिको बैठक बोलाएपछि विवाद बढेको हो । चौधरी हाल जापान भ्रमणमा छन् । 


संरक्षक चौधरीको उपस्थिति बिना बैठक बस्न लागेको भन्दै उनी समर्थक केन्द्रीय सदस्यले बैठक बहिस्कार गर्ने तयारी गरेका छन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी नभएको अवसरमा बैठक बोलाएर सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गराउन खोजेको नाउपाका नेताहरुले बताएका छन् । पार्टी अध्यक्ष श्रेष्ठले केन्द्रमा नयाँ समीकरणलाई समर्थन गरेकी छन् भने प्रदेशमा पनि सोहि समीकरणलाई समर्थन गर्नुपर्ने बताउदै आएकी छन् ।

तर संरक्षक चौधरीले भने सुदूरपश्चिममा आफ्नो दललाई सहभागी बनाएर नाउपाका ७ जना मध्ये ५ जना सांसदलाई मन्त्री बनाएका छन् ।


Author

थप समाचार
x