दल

माओवादीले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने

इकागज |
चैत १४, २०८० बुधबार १२:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ ।

बुधबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (क) मा उम्मेदवारी दिने निर्णय गरेको हो ।


योसँगै अहिलेको नयाँ समीकरणबाट उपनिर्वाचनमा साझा उम्मेदवार भने नहुने निश्चित भएको छ ।

अहिलेसम्म एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ ।


Author

थप समाचार
x