दल

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु बने उम्मेदवार

इकागज |
चैत १५, २०८० बिहीबार १८:२७ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।

बिहीबार सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बु उम्मेदवार बनेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।


इलाम-२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका थिए ।


 


Author

थप समाचार
x