दल

खुमबहादुर खड्कालाई झुटो मुद्दा लगाएर फसाउन खोजियो : सभापति देउवा

इकागज |
चैत १६, २०८० शुक्रबार १७:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका तत्कालीन अवस्थामा पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्कालाई झुटो मुद्दा लगाएर फसाउन खोजिएको बताएका छन् ।

शुक्रबार दाङको लमही नगरपालिका-९ अमिलियामा कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्काको शालिक अनावरण गर्दै देउवाले देशका लागि काम गर्न खोज्दा खड्कामाथि झुटो मुद्दा लगाएर फसाउन खोजिएको बताएका हुन् । उनले स्वर्गीय नेता खड्का विकासप्रेमि, मिलनसार र जनताले रुचाएका नेता भएको स्मरण गरे ।


देउवाले खड्काले छाडेर गएका बाँकी कामलाई पूरा गर्ने दायित्व आफूहरू सबैको भएको बताए ।

खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा २०७४ साल चैत्र १६ गते निधन भएको थियो ।


Author

थप समाचार
x