दल

समाजवादी मोर्चाले आज अन्तर्क्रिया गर्दै

इकागज |
चैत २०, २०८० मंगलबार ७:२८ बजे

काठमाडौँ- समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

राष्ट्रिय सभागृहमा कार्यक्रम मंगलबार दिउँसो १ बजे सुरु हुनेछ ।


समाजवादी मोर्चाले ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे’ शीर्षकमा वृहत् अन्तरक्रिया कार्यक्रममा गर्न लागेको हो ।

समाजवादी मोर्चाको सचिवालयको बैठकको निर्णय अनुमोदन भएसँगै सो कार्यक्रम टुंगो लागेको नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माले जानकारी दिए ।

सो मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी रहेका छन् ।


Author

थप समाचार
x