दल

रञ्जिताले गरिन् बागमती र गण्डकीका अध्यक्ष निष्कासन

इकागज |
चैत २०, २०८० मंगलबार १०:१६ बजे

फाइल तस्बिर

काठमाडौँ-  नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् । अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेश राजन गुररूङ र बागमती प्रदेश अध्यक्ष दीप बहादुर योन्जन तामाङलाई निष्कासन गरेकी हुन् ।

'नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौँमा मिति २०८०/१२/१९ गतेका दिन पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा तपाईंसमेतले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू राम लाल डगौरा थारु र रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरि कुटपिटसमेत गरेको हुँदा पार्टीको विधान २०७८ को धारा को उपधारा (क) को (२) (४) बमोजिम र सोही विधानको धारा १७ (४) बमोजिम तपाईंलाई आजकै मितिदेखि लागु हुनेगरी पार्टीबाट पदमुक्त गरि निष्कासन गरेको जानकारी गराउँदछु' गुरूङलाई निष्कासन गरेको पत्रमा भनिएको छ ।


'नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौँमा मिति २०८०/१२/१९ गतेका दिन पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा तपाईंसमेतले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू राम लाल डगौरा थारु र रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरि कुटपिटसमेत गरेको हुँदा पार्टीको विधान २०७८ को धारा को उपधारा (क) को (२) (४) बमोजिम र सोही विधानको धारा १७ (४) बमोजिम तपाईंलाई आजकै मितिदेखि लागु हुनेगरी पार्टीबाट पदमुक्त गरि निष्कासन गरेको जानकारी गराउँदछु' तामाङलाई निष्कासन गरेको पत्रमा लेखिएको छ ।

नाउपा सरकारमा जाने कि नजाने भन्‍ने विषयमा अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद छ । श्रेष्ठ सरकारमा जाने पक्षमा छिन् भने चौधरी जान नहुने पक्षमा छन् ।


Author

थप समाचार
x