दल

रेशम पक्षले बोलाएको बैठक आधिकारिक होइन : अध्यक्ष रन्जिता

इकागज |
चैत २०, २०८० मंगलबार १६:५४ बजे

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संरक्षक रेशम चौधरीले बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको बताएकी छन् ।

मंगलबार श्रेष्ठले सूचना निकाल्दै रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको स्पष्ट गरेकी हुन् ।


उनले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको बताएकी छन् ।

रेशम पक्षका गंगा चौधरीले २३ र २४ गते बैठक आह्वान गरेका थिए । रेशम चौधरीले समेत चैत्र २३ र २४ गते बस्ने बैठकले नै पार्टीको विवाद बारे निर्णय गर्ने बताएका थिए ।


Author

थप समाचार
x