दल

वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेलाई माओवादीले समर्थन गर्ने रघुजी पन्तको विश्वास

इकागज |
चैत २०, २०८० मंगलबार १८:१३ बजे

काठमाडौँ- नेकपा एमालेका नेता रघुजी पन्तले वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेलाई माओवादीले समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गदै पन्तले उपनिर्वाचनमा बारेमा माओवादीसँग छलफल भइरहेको भन्दै एमालेलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । यसअघि पनि इलाममा एमालेले निरन्तर जितेको र यसपटक पनि सम्भावना भएका व्यक्तिलाई उम्मेदवार बनाएको उनले बताए ।


पन्तले अहिलेको सहयात्रालाई बलियो बनाउन पनि माओवादीले समर्थन गर्ने भन्दै त्यसो हुन नसके एक्लै चुनाव लड्ने र जित्ने दाबी गरे । एमालेले पहिचानका नाममा राष्ट्रिय एकता कमजोर बनाउने काम नगर्ने उनले बताए ।

त्यस्तै पन्तले गृहमन्त्रीविरुद्ध छानबिनका लागि कांग्रेसले माग गरेको संसदीय समिति गठनको मागप्रति पुनर्विचार गर्ने बताए ।

सदनमा कुनै विषयको उठान गरेपछि टुङ्गो लगाउनुपर्ने दायित्व सोही दलकै रहेको भन्दै अहिले कांग्रेसलाई संसदीय छानबिन समितिको विषयलाई छाड्न कठिन भएको तर्क गरे । उनले अहिलेको अवस्थामा संसदीय छानबिन समिति गठन हुन सक्ने नदेखिएको धारणा राखे । 


Author

थप समाचार
x