दल

कांग्रेस बैठकमा देउवालाई शेखरकाे चेतावनी : कि जित्नेलाई टिकट दिनुस् नत्र सबै जिम्मा आफैँ लिनुस्

इकागज |
चैत २०, २०८० मंगलबार १८:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले जित्ने उम्मेदवारलाई टिकट दिन आग्रह गरेका छन् । इलाम २ र बझाङ प्रदेश सभाकाे निर्वाचनमा उम्मेदवार छान्न बसेकाे संसदीय बाेर्डकाे बैठकमा शेखरले यस्तो आग्रह गरेका हुन् । उनले जित्ने उम्मेदवारलाई टिकट नदिए पार्टीले क्षति बेहाेर्ने चेतावनी समेत दिए ।

बैठकमा शेखरले 'जित्नेलाई टिकट दिनुस् होइन भने सबै जिम्मा तपाईंहरू लिनुस्' भनेकाे बैठकमा सहभागी एक नेताले बताए । यति भनेर शेखर बैठकबाट बाहिरिएका थिए । शेखरसँगै केन्द्रीय सदस्य शशांक काेइराला पनि दाइकाे कुरामा मेराे पनि सहमति छ भन्दै निस्किएको ती नेताले बताए । 


'पार्टीले हारेकालाई टिकट नदिने निर्णय गरेको छ । फेरि तपाईंहरू हारेकालाई टिकट दिन खोज्दै हुनुहुन्छ के गर्न खोजेको ? इलामको सवालमा सबैले भेषराजले जित्छ भन्दै छन् । तपाईं किन बुझ्नुहुन्न ? भेषराजलाई टिकट दिनुभयो भने ठीक छ होइन भने हार जितको जिम्मा तपाईं लिनुस्,' शेखरले बैठकमा भनेका थिए ।


Author

थप समाचार
x