दल

भीम रावलको टिप्पणी : सुदूरपश्चिममा सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षाविपरीत

इकागज |
बैशाख २, २०८१ आइतबार १७:२४ बजे

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षाविपरीत भएको टिप्पणी गरेका छन् ।

सुदूरपश्चिममा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जनाले दाबी पेस गरेपछि एमाले नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।


नेता रावलले यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको औचित्य नभएको बताएका छन् ।

उनले भनेका छन्, 'कोशी प्रदेशपछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्तास्वार्थको खेल (दुई जनाको मुख्यमन्त्रीमा दाबी र एक दलका सदस्यको दुईतिर समर्थन !) संविधानको मर्म र जनताको आकांक्षाविपरीत छ । यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको कुनै औचित्य छैन । लाज नै लजाउनु पर्ने स्थिति !'


 


Author

थप समाचार
x