दल

एमालेको जनसङ्ठनहरूको महिला राष्ट्रिय भेला हुने

इकागज |
बैशाख ७, २०८१ शुक्रबार २१:० बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । जनसङ्गठन समन्वय संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । भेला व्यवस्थापनका लागि अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकादेवी हमालको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।

पार्टीका स्थायी कमिटी सदस्य एवं जनसङ्गठनका संयोजक भानुभक्त ढकालले समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन २३ वटै जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेलाको प्रमुख अतिथि रहने र अध्यक्ष केपी शर्मा ओलीले भेलाको समापन गर्ने जनाइएको छ ।


भेला व्यवस्थापन समितिको सचिवमा पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र संयोजक रचना खड्का रहेकी छिन् । यसैगरी नेपाल बुद्धिजीवी परिषदका इञ्चार्ज विद्या भट्टराईसहित अनेमसङ्घका महासचिव पेम्बा लामा, अन्य जनसङ्गठनका तर्फबाट जमुना वर्षा शर्मा, सरिता भुसाल, सीता लामा, मन्दिरा श्रेष्ठ, भवानी बजगाई, नन्दा बस्याल र शारदा खनाल सदस्य छन् ।


Author

थप समाचार
x