Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै

इकागज |
जेठ ३१, २०८१ बिहीबार ७:४१ बजे

काठमाडौँ- राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकमा बुधबार केन्द्रीय कार्य सम्पादन समितिले पार्टी गरेको राजनीतिक कार्यपत्र र प्रतिवेदनहरू पेश हुने बताइएको छ ।

बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन, सुशासन विभाग प्रमुख राजन चौलागाईंद्वारा प्रस्तुत भ्रष्टाचार निवारण नागरिक आयोग सम्बन्धि राप्रपा नेपालको अवधारणा पत्र , विजय महासेठद्वारा प्रस्तुत तराई मधेश उत्थानको निम्ति राप्रपा नेपालको कार्ययोजना र उपाध्यक्ष डाक्टर विष्णु भण्डारीले कृषि विकास र भूमि व्यवस्थापन सम्बन्धी राप्रपा नेपालको बैकल्पिक मोडल सम्बन्धि प्रस्तावमा पेश हुने छ ।


पार्टीको केन्द्रीय समितिको बैठक आज र भोलि हुने जनाएको छ ।


Author

थप समाचार
x