दल

कांग्रेस संसदीय दलको बैठक दिउँसो ३ बजे

इकागज |
असार ७, २०८१ शुक्रबार १२:९ बजे

फाइल फोटो

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो ३ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा र बजेट लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जनाएका छन् ।

त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ ।


सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।


Author

थप समाचार
x