दल

संसदमा शसक्त भूमिका निर्वाह गर्न एमालेको निर्देशन

इकागज |
माघ २१, २०८० आइतबार १७:४१ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेले संसद बैठकमा शसक्त भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

दुई दिनसम्म संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले जनताका आवाज उठाउँदै सदनमा शसक्त भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिएको हो ।


बैठकमा संसदीय दलका नेता केपी ओलीले प्राविधिक र वैैचारिक स्पष्टताका साथ बैठकमा सहभागिता जनाउन निर्देशन दिए । उनले सदन बैठकमा गल्ती बोल्नेहरुको रेकर्डबाट हटाइयोस भन्न आवश्यक नरहेको तर्क गरे । तर कसैले गल्ती बोलेको वा गरेको भए सदनमा विरोध भने जनाउनुपर्ने उनले बताए । ओलीले विभिन्न नेताहरूले दिएका प्रशिक्षणका आधारमा मर्यादित ढंगले गतिविधि गर्न पनि निर्देशन दिएका थिए । 

संघीय संसद्को बैठक सोमबार दिउँसो ४ बजेका लागि आह्वान भएको छ । सोमबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउने लगायतका कार्यसूची रहेका छन् ।


Author

थप समाचार
x