दल

कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्दै

इकागज |
बैशाख २६, २०८१ बुधबार १४:५२ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ ।

कांग्रेसले शुक्रबार देखि सुरु हुने बजेट अधिवेशनबारे छलफल गर्न बिहीबार अपरान्ह २ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।


यसअघि कांग्रेसको वर्तमान पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज बस्दै छ ।


Author

थप समाचार
x