दल

चाक्सीबारीमा पौडेल पक्षको बैठक

इकागज |
साउन २१, २०७८ बिहीबार १३:१३ बजे

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । चाक्सीबारीस्थित नेता प्रकाशमानसिंहको निवासमा नेताहरू बिहीबार मध्यान्न छलफलमा जुटेका हुन् । छलफलमा वरिष्ठ नेता पौडेलसहित नेता शशांक कोइराला, नेता सिंह, अर्जुन नरसिंह केसी, डा. मिनेन्द्र रिजाल र बलबहादुर केसी सहभागी छन् ।

नेता सिंहका प्रेस सहयोगी यूपी लामिछानेकाअनुसा नेताहरूबीच महाधिवेशन केन्द्रित छलफल भइरहेको छ । नेताहरूबीच क्रियाशील सदस्यताका विषयमा छलफल हुने उनले बताए । ‘महाधिवेशन केन्‍द्रित छलफल हो, ’ उनले भने, ‘क्रियाशील सदस्यताका विषयमा पनि छलफल हुन्छ । हिजोको बैठकमा के-के मिल्यो ? के-के बाँकी छ भन्ने विषयमा पनि छलफल हुनेछ ।’ नेताहरूको बैठकले अब कसरी जाने भन्ने विषयमा पनि धारणा बनाउने उनले बताए ।



Author

थप समाचार
x