दल

अध्यादेशको हल्लापछि एमाले शीर्ष नेता बालकोटमा

इकागज |
साउन ३२, २०७८ सोमबार २०:२० बजे

काठमाडौं - सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेपछि अब पार्टीको रणनीति के हुने भन्नेबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरू अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भेला भएका छन् । 

सरकारले राजनीतिक दल विभाजन खुकुलो बनाएर अध्यादेश ल्याउने हल्लापछि एमाले शीर्ष नेताहरू बालकोटमा जम्मा भएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मध्यरातिबाट संघीय संसद्को अधिवेशन अन्त्य गरेको छन् ।


पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पार्टी फोड्न सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना पाएपछि के गर्ने भन्ने आन्तरिक रणनीति तय गर्न ओली लागेका हुन् । 

महासचिव ईश्वर पोखरेलसहितका नेताहरू बालकोट पुगिसकेको स्रोतले जानकारी दियो । छलफलमा अध्यादेश आएमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल हुने एक नेताले बताए । 


Author

थप समाचार
x