दल

विवेकशील साझा विवाद: छुट्‍टाछुट्‍टै केन्द्रीय समिति बैठक बस्दै

इकागज |
भदौ १७, २०७८ बिहीबार ८:४८ बजे

काठमाडौं - दुई अध्यक्षबीच मतभेद देखिएपछि विवेकशील साझा पार्टी केन्द्रीय समिति बैठक आज अलग-अलग बस्दैछ । अध्यक्ष रवीन्द्र मिश्रले एकल रूपमा बैठक आह्‍वान गरेपछि संयोजक मिलन पाण्डेले पनि केन्द्रीय समिति बैठक बोलाएका हुन् । अध्यक्ष मिश्रले ‘संघीयता र धर्मनिरपेक्षता’ मा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेपछि विवादमा परेको विवेकशील साझा विभाजनको संघारमा पुगेको हो ।

पाण्डेले विद्यानको धारा २० विपरित एकल रूपमा बैठक बोलाएर विधान विपरीत कार्य गरेको आरोप लगाएका छन् भने मिश्रले पाण्डे समूहले आफनो प्रस्तावमा छलफल गर्न नदिएपछि बाध्य भएर बैठक बोलाउनु परेको जनाएका छन् । दुवैको बैठक आज अपरान्ह बस्दैछ ।


पाण्डेले पार्टीको विधानमा अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने र एजेण्डा तय गरिने गरिएको स्मरण गराएका छन् । 'यस पटक पनि उक्त अभ्यास अनुरूप एजेन्डामा सहमति कायम गर्न गरिएको हर सम्भव प्रयास सफल हुन नसकेको र पार्टीका अध्यक्षले उहाँकै शब्दमा ‘मार्ग परिवर्तन’ गर्नुभएको कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी देहायको मिति, समय र स्थानमा विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आव्हान गरेको छु' पाण्डेले केन्द्रीय सदस्यहरूलाई पठाएको इमेलमा भनिएको छ ।

गत वर्ष २४ मंसिरमा विवेकशील र साझा पार्टीबीच एकीकरण भएको विवेकशील साझा पार्टी गठन भएको थियो । तर संविधानका मूल विशेषता र गणतन्त्रलाई नै आरोपित गर्ने मिश्रको दस्ताबेजले दलभित्र दुई धार देखिएको हो ।


Author

थप समाचार
x