दल

कांग्रेस महाधिवेशनले पार्टीभित्र आपसी एकता अझै सुदृढ हुने विश्वास छ : खाण

इकागज |
भदौ १८, २०७८ शुक्रबार १०:११ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले आजबाट सुरु भएको १४ औँ महाधिवेशनले आपसी सदभाव र सहकार्यबाट नेपाली राजनीतिलाई अगाडि बढाउने विश्वास आफूले लिएको बताएका छन् । आजबाट सुरु हुन लागेको पार्टीको वडा अधिवेशनका सन्दर्भमा शुभकामना दिँदै खाणले वडा तहको नेतृत्वमा आउने नेताहरू मुलुकको राष्ट्रियता र स्वाधिनता, संघीयता र गणतन्त्रलाई बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने बताए ।

‘नेपालको वर्तमान अवस्थालाई समेत हृदयंगम गरी नेपाली कांग्रेसको आवश्यकता, मुलुकको राष्ट्रियता, संघीयता, गणतन्त्रजस्ता अतिआवश्यक विषयलाई मध्यनजर गर्दै अगाडि बढ्नुहुनेछ भन्‍ने विश्वासका साथ पार्टीको वडा तहको नेतृत्वमा आउन प्रयासरत सबै साथीहरूलाई शुभकामना व्यक्त गर्दछु,’ खाणले भनेका छन् ।


खाणले नेपाली कांग्रेस कमजोर हुँदा नेपालको राष्ट्रियता कमजोर हुने बताए । विगतको इतिहासले यस सन्दर्भमा पाठ सिकाएको उनको भनाइ छ । महाधिवेशनले पार्टीभित्र आपसी एकता अझै सुदृढ हुने विश्वास आफूले लिएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । कांग्रेसको नेतृत्व र राष्ट्रियता एक अर्काका परिपूरक जस्तै भएकाले त्यसलाई ध्यान दिएर अगाडि बढ्न वडा तहको नेतृत्वमा आउन प्रयासरत सबैलाई आग्रह गरेका छन् । आगामी दिनमा सबैसँग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।


Author

थप समाचार
x