दल

एक साता पर सर्‍यो एमालेको विधान महाधिवेशन

इकागज |
भदौ २६, २०७८ शनिबार १८:७ बजे

काठमाडौं - नेकपा एमालेले पार्टीको विधान महाधिवेशन एक साता पर सार्ने निर्णय गरेको छ । पार्टी स्थायी कमिटीको आज बसेको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सार्ने निर्णय गरेको हो । 

अब विधान महाधिवेशन १५ देखि १७ असोजसम्म आयोजना हुनेछ । 


प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाविधेशनमा पेश गर्ने प्रस्तावको तयारी गर्नुपर्ने भएकाले केहि दिन बैठक सारिएको जानकारी दिए । त्यस्तै बैठकले  विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरूको टुंगो लगाएको छ ।

राष्ट्रिय प्रतिनिधि परिषद् नरहेकोले विधानको बाधा अड्काउ फुकाउँदै बिभिन्न तहबाट कति सदस्यले विधान महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाएको भट्टराईले जानकारी दिए ।


Author

थप समाचार
x