दल

सभापतिमा सहयोग गर्न निधिको आग्रह

इकागज |
असोज २१, २०७८ बिहीबार ९:२० बजे

फाइल तस्‍बिर

जनकपुरधाम - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफूलाई सभापतिमा सहयोग गर्न नेता-कार्यकर्तासँग आग्रह गरेका छन् । दसैं मनाउन काठमाडौँबाट गृहनगर जनकपुरधाम आएका उपसभापति निधिले बुधबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एकपकट पार्टीको सभापति पदमा अवसर दिए जनताले खोजेको कांग्रेस दिने प्रतिबद्धता जनाए । उनले आफूभित्र केही कमी कमजोरी भए त्यसलाई पनि सच्याउने प्रतिबद्धता जनाए । 

उनले आफू कांग्रेस सभापति भए रुख छापलाई आगामी निर्वाचनमा अत्याधिक बहुमतका साथ जिताउने दाबीसमेत गरे । जनकपुरधाम आउनुपूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेर आएको जानकारी दिदैँ उनले भने ‘प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले पूर्णता नपाउँदा चिन्तित हुनु हुन्छ । तर चाँडै नै यो समस्याको हल निस्किनेछ ।'



Author

थप समाचार
x