दल

एमाले १० औँ महाअधिवेशन

भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिए हात उठाएर निर्णय गर्ने चेतावनी

इकागज |
मंसिर ११, २०७८ शनिबार २०:४४ बजे

चितवन - नेकपा एमालेको १० औँ महाधिवेशनमा भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिए हात उठाएर निर्णय गर्ने चेतावनी दिइएको छ । एमाले नेता शेरबहादुर तामाङले सर्वसम्मतिको प्रयास भइरहेका बेला उम्मेद्वारी दिएरै छाड्ने घोषणा गरेपछि तामाङले यस्तो चेतावनी दिएका हुन् ।

उनले रावलको उम्मेद्वारी आएमा हात उठाएरै १० मिनेटमा निर्णय गर्न सकिने चेतावनी दिएका हुन् । त्यसअघि रावलले बन्द सत्रमा उम्मेद्वारी दिने घोषणा गर्दा ओलीले पनि एक्लै उम्मेद्वारी परेमा के गर्ने ? भन्दै प्रश्न गरेका थिए । 


बन्द सत्रमा रावल बाहेक अरु नेताहरु सर्वसम्मतिविरुद्ध खुलेर बोल्न सकिरहेका छैनन । सबैले सर्वसम्मति गर्नुपर्नेमा जोड दिइरहेका बेला ओलीलाई एकलौटी पदाधिकारी छान्ने अधिकार समेत दिइएको छ ।


Author

थप समाचार
x