दल

कांग्रेस मोरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत पुर्‍याउन सकेनन्, फेरि मतदान हुने

इकागज |
मंसिर १३, २०७८ सोमबार ९:४० बजे

विराटनगर- नेपाली कांग्रेस माेरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउन नसकेपछि पुन: मतदान हुने भएको छ ।

सभापति पदका लागि खसेकाे कुल ३ हजार ३६० मतमध्ये संस्थापन समूहका दिलीप गच्छदारले १ हजार १६६, संस्थापन इतरका डिगबहादुर लिम्बुले १ हजार ५४४ र सिटौला समूहका यदु विष्टले ५६३ मत प्राप्त पाएका थिए ।


कांग्रेसको विधानमा सभापति हुन खसेको मतको ५१ प्रतिशत मत आउनुपर्ने प्रावधान भएका कारण पहिलो चरणमा कोही पनि सभापति बन्न सकेनन् ।

तीनै जनाले खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुने अवस्था आएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए ।

'उहाँहरू आफैँ सहमति गरेर आउनु भयो भने निर्वाचन गर्नु पर्दैन,' उनले भने, 'नत्र फेरि निर्वाचनको मिति तय गरेर निर्वाचन गराउँछौँ ।'


Author

थप समाचार
x