दल

कांग्रेस सुदूरपश्‍चिम सभापतिमा देउवा पक्षका बलायर विजयी

इकागज |
मंसिर १९, २०७८ आइतबार १०:८ बजे

कैलाली - नेपाली काँग्रेस सुदूरपश्चिमको सभापतिमा देउवा पक्षका वीरबहादुर बलायरको जित शुनिश्चित भएको छ। सुरुवातदेखि नै दोब्बर मतले अग्रता लिएका बलायरले ८ सय ६ मत गणना गर्दा ५५३ मत प्राप्त गरिसकेका छन् भने इतर पक्षका मिश्रको २२९ मत रहेको छ।

गन्न बाकी १९७ मत मात्रै रहेकोले बलायरको जित सुनिश्चित भएको हो । त्यस्तै अहिलेसम्म अन्य पदमा समेत देउवा प्यानलनै अगाडि रहेको छ । उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह-महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।


जम्मा खसेको मत : १००३

मतगणना : ८०६

सभापति

वीरबहादुर बलायर -५५३

नारायणदत्त मिश्र -२२९

उपसभापति

गोपालसिंह गुरुङ -२२९

जनकराज चौधरी -४८६

मानबहादुर रावल -२१८

लोकराज अवस्थी -४२७ हिमबहादुर रावल-९२

महामन्त्री नरनारायण शाह मनु -५११

प्रताप गुर्धामी-१७८ मेघराज खड्का -५१९

रामबहादुर शाही -२५६

सहमहामन्त्री

गोपाल दत्त भट्ट-४२९

चिन्तामणि भट्ट -४२९

नरेन्द्र प्रसाद भट्ट-१७९

पदम राज पन्त -२०६

लक्ष्मण बहादुर शाही - १२३

हर्क बहादुर स्वार-५८

सहमहामन्त्री (महिला)

अम्बिका कुमारी चलाउने-५५४

खिना भण्डारी -१८०


Author

थप समाचार
x