दल

राप्रपामा केन्द्रीय कमिटी बैठक बस्दै, कमल थापा पक्ष पनि सहभागी हुने

इकागज |
मंसिर २२, २०७८ बुधबार १२:४ बजे

फाइल तस्‍बिर

काठमाडौं - राष्‍ट्रिय प्रजातन्‍त्र पार्टीको केन्द्रीय समिति बैठक बस्‍दैछ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बुधबार मध्यान्ह साढे १२ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठकमा कमल थापा पक्षधर पनि सहभागी हुने भएका छन् । थापानिकट नेताको रूपमा चिनिएका नवनिर्वाचित केन्द्रीय सदस्य गोपाल पौडेलका अनुसार आफूहरू बैठकमा सहभागी हुने जानकारी दिए । 

‘आज साढे १२ बजे बैठक बोलाइएको छ । हामी जानेछौँ,’ उनले भने । तर, थापा भने जाने सम्भावना कम रहेको देखिन्छ । थापालाई बैठकमा आमन्त्रण गरिएको बताइएको छ । तर, केन्द्रीय समिति सदस्यसमेत नरहेका थापा बैठकमा जानुपर्ने नै नरहेको नेता पौडेलले बताए । ‘उहाँ(थापा) केन्द्रीय सदस्य हुनुहुन्न । बैठकले मनोनित पनि गरेको छैन । बैठकमा जानुपर्छ भन्ने नै रहने नि’, पौडेलले भने ।



Author

थप समाचार
x