दल

एमसीसी खारेज गर्नुपर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन

इकागज |
पुस १८, २०७८ आइतबार १३:३७ बजे

काठमाडौँ - नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 

एमसीसी सम्झौतालाई संसदको कार्यसूची बन्न नदिन उनीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । एमसीसी संसदको कार्यसुचीमा पार्न अमेरिकाले दबाब दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शन गरिएको सहभागीहरुले जनाएका छन् । 


नेपालका देशभक्त शक्तिहरु र नेपाली जनताको निरन्तर विरोध एवम् सङ्घर्षका कारण एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने योजनाले मूर्तरुप लिन नसकेपनि अमेरिकाले नेपाल सरकार र पार्टीहरुमाथि दबाव दिने काम निरन्तर जारी राखेको २२ राजनीतिक दल तथा संघ संगठनहरुको भनाई छ । 


Author

थप समाचार
x