दल

पराजित पौडेल, गुरुङ र शाही पनि कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

इकागज |
पुस १८, २०७८ आइतबार १४:० बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सभापति देउवाले थप तीन जनालाई मनोनीत गरेका छन् । मनोनीत हुनेमा प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र जीवनबहादुर शाही रहेका छन् । 

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरूलाई मनोनीत गरेका हुन् । 


पाैडेल देउवाकाे टिमबाट १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका  थिए  । यस्तै गुरुङ सभापितमा सबैभन्दा कम मत ल्याएर पराजित भएका थिए । यस्तै शाही पिछडिएका क्षेत्रबाट सह-महामन्त्रीमा पराजित भएका  थिए ।

 


Author

थप समाचार
x