दल

सहमतिविपरीतका उम्मेदवारी फिर्ता गर्ने सत्ता गठबन्धनको निर्णय

इकागज |
बैशाख १४, २०७९ बुधबार १३:३१ बजे

काठमाडौँ - सत्ता गठबन्धन दलका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । गठबन्धनको सहमतिविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो ।

बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमतिविपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरूलाई निर्देशन दिइएको छ ।



Author

थप समाचार
x