दल

सुर्खेतको पञ्चपुरीमा माओवादी र एकीकृत समाजवादीको तालमेल

इकागज |
बैशाख १४, २०७९ बुधबार १४:२१ बजे

फाइल फोटो

सुर्खेत - सुर्खेतको पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । चुनावी तालमेतअनुसार माओवादी केन्द्रबाट प्रमुख र एकीकृत समाजवादीबाट उपप्रमुखको उम्मेदवारी रहेको छ । 

माओवादीबाट नगर प्रमुखमा केशव शाही, उपप्रमुखमा समाजवादीका कविता सोडारी उम्मेदवार छन् ।  कांग्रेस र एमाले एक्लाएक्लै चुनाव भिड्दैछन् ।


माओवादी र एकीकृत समाजवादीले वडा तहसम्म नै गठबन्धन भएको माओवादीका विद्यार्थी नेता जगत ढकालले जानकारी दिए । 

नगरपालिकाको वडा नम्बर १, ६, ८, ९, १० र ११ को वडाध्यक्ष माओवादीको भागमा २, ४, ५ र ७ नम्बर वडा एकीकृत समाजवादीको भागमा परेको छ । 


Author

थप समाचार
x