दल

काठमाडौँ महानगरकी मेयर उम्मेदवार सिर्जना सिंहले घोषणापत्र सार्वजनिक गर्दै

इकागज |
बैशाख १५, २०७९ बिहीबार १०:५० बजे

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट मेयरतर्फकी उम्मेदवार सिर्जना सिंहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेकी छिन् । उनले काठमाडौँलाई सुन्दर, सांस्कृतिक सहरहको रूपमा विकास र संरक्षण गर्ने आफ्नो प्राथमिकता रहेको बताउँदै आएकी छिन् । 

उनले पार्टीले स्थानीय निर्वाचनका लागि तयार पारेको संकल्पपत्रमा आधारित रहेर घोषणापत्र सार्वजनिक गर्ने उल्लेख गरेकी छिन् । 


सिंहले अहिले ११ बजे माइतीघर हाइटमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्ने बताइएको छ । नेकपा एमालेका तर्फबाट मेयर उम्मेदवार बनेका केशव स्थापितले ‘घर चलाउनेलाई नभएर देश चलाउने’लाई मत दिनुपर्ने भन्ने जस्ता लज्जास्पद तर्क गर्न थालेपछि सिंहले त्यसको जवाफ दिने बताएकी छिन् ।

सिंहले आफू प्रकाशमान सिंहको श्रीमति हुनुअघिदेखि नै नेपाली कांग्रेसमा सक्रिय रहेर काम गरेको र पटक–पटक जेलनेल भोगेको बताएकी छिन् । विवाहपछि राजनीतिमा सक्रिय रहेपनि उनले कुनै सार्वजनिक पद नलिएको उल्लेख गरेकी छिन् । काठमाडौँको संस्कृति, रहनसहन तथा सहर विकासको आफ्नो भिजन कार्यान्वयनका लागि मेयरमा उम्मेदवारी दिएको उनले बताएकी छिन् ।  
 


Author

थप समाचार
x