दल

बास्तोला-ओली समूहले गर्‍यो विप्लवलाई कारबाही, क्रान्तिलाई धोका दिएको भन्दै पार्टीबाट निष्कासन

इकागज |
बैशाख २१, २०७९ बुधबार १४:७ बजे

काठमाडौँ - नेकपाको असन्तुष्ट समूहले महासचिव नेत्रविक्रम चन्द विप्लवलाई कारबाही गरेको छ । बुधबार चितवनमा भउको विशेष भेलाले महासचिव विप्लवलाई कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको हो । विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी र क्रान्तिलाई धोका दिएको भन्दै पार्टीबाट निष्कासन गरिएको केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे’ले जानकारि दिए । उनकाअनुसार 
सिद्धान्तबाट विचलित भएर दलाल पुँजीवादी संसद्‌वादमा पतन हुँदै चुनावमा गएका विप्लवलाई कारबाही गरी निष्कासन गरिएको हो ।

देशका ७७ जिल्ला, जवस/मोर्चा, विभाग, प्रवासलगायत क्षेत्रबाट विशेष राष्ट्रिय भेलामा सहभागी तीन सयभन्दा बढी प्रतिनिधि भेलामा सहभागी रहेको बताइएको छ । राष्ट्रिय भेलामा संयोजक कञ्चनले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि छलफल सुरु हुनेछ ।


स्थानीय तह निर्वाचन उपयोग गर्नेबारे विप्लव नेकपामा मतान्तर छ । केही दिनअघि महासचिव विप्लवले सचिवालय सदस्य मेहन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलालाई पदमुक्त गरेका थिए । 


Author

थप समाचार
x