राजनीति

धनगढीमा पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने

इकागज |
असार ७, २०७९ मंगलबार १७:२३ बजे

कैलाली । धनगढी उपमहानगरपालिकाले नगर भित्रका सडक मर्मतका लागि ’पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने भएको छ। मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोपाल हमालले यस्तो घोषणा गरेका हुन्।

नगर क्षेत्र भित्रका सडक लगायतका पूर्वाधारको नियमित रुपमा मर्मत–सम्भार तथा स्तरोन्नतिका लागि मर्मत सम्भार इकाइको गठन गर्दै पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने मेयर हमालले बताए । आज प्रस्तुत भएको नीति तथा कार्यक्रममा पुर्वाधार विकास तथा यातायात व्यवस्थापन कार्यनीतिमा पूर्वाधार एम्बुलेन्स सञ्चालनको योजना समेटिएको हो ।



Author

थप समाचार
x