राजनीति

प्रचण्डलाई पदाधिकारी चयनको पूर्ण अधिकार

इकागज |
असार २१, २०७९ मंगलबार १४:१५ बजे

काठमाडौं– नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्ने पूर्ण अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । मंगलबार प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रको विस्तारित बैठकले सो निर्णय गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

गत मंसिरमा ८ औँ महाधिवेशन गरेको माओवादी केन्द्रले अहिलेसम्म अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी, १ सय २५ सदस्यीय पोलिटब्यूरो र ४१ सदस्यीय स्थायी कमिटी चयन गर्न सकेको छैन । 


पार्टीको आइतबारदेखि जारी केन्द्रीय कमिटी बैठकको ९ मध्ये एउटा अजेण्डा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोको टुंगो लगाउने पनि थियो । तर, आइतबार र सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले टुंगो लगाउन सकेनन् । 

पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो छिटोभन्दा छिटो चयन गर्नुपर्ने माग केन्द्रीय सदस्यहरुबाट उठ्न थालेपछि अध्यक्ष प्रचण्ड मंगलबारको केन्द्रीय कमिटी बैठक स्थगित गरेर गृहकार्यमा लागेका छन् । 

विशेषगरी महासचिव र बरिष्ठ उपाध्यक्षमा विभिन्न नेताहरुको आकांक्षा देखिएपछि प्रचण्डले पदाधिकारी चयन गर्न सकेका छैैनन् । 


Author

थप समाचार
x