राजनीति

नागरिक उन्मुक्ति पार्टीले टुंग्यायाे उम्मेदवार, कहाँ काे भिड्दै ?

दीपक उपाध्याय |
असोज २२, २०७९ शनिबार २०:१ बजे

कैलाली । रेशम चौधरी पत्नी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रतिनिधिसभा र प्रदेशसभा तर्फका उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभा तर्फका ५ र प्रदेशसभातर्फका १० सिटको उम्मेदवारको नाम टुंगो लगाइएको पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, प्रदेशसभा (क) मा कैलाली जिल्ला कमिटी अध्यक्षसमेत रहेका कैलाश चौधरी र (ख) मा पार्टीको संगठन विभाग प्रमुख रहेका लक्ष्मण किशोर थारु उम्मेदवार बन्नेछन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ अरुणकुमार चौधरी, प्रदेशसभा (क) मा पार्टी महासचिव रतनकुमार थापा र (ख) मा रामेश्वर चौधरी उम्मेदवार बन्नेछन् ।


एमाले कैलालीका निवर्तमान अध्यक्षसमेत रहेका थापा पार्टीले कारवाही गर्दै जिम्मेवारीबाट हटाएपछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए । यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा केन्द्रीय सदस्य समेत रहेका गंगा चौधरी, प्रदेशसभा (क) मा घनश्याम चौधरी र (ख) मा खुसीराम चौधरी (भिमसेन), क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा कैया चौधरी, प्रदेशसभा (क) मा राजेन्द्र देवकोटा र प्रदेशसभा (ख) मा कमल भट्टलाई उम्मेदवार बनाइको प्रवक्ता पण्डितले जानकारी दिए ।

त्यस्तै क्षेत्र नम्बर ५ मा लक्ष्मण थारुलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको बताउदै प्रवक्ता पण्डितले प्रदेशसभातर्फ (क) मा श्रीराम चौधरी र (ख) बाट गोथु चौधरीलाई उम्मेदवार बनाइएको बताए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x