राजनीति

लुुम्बिनी सरकार

लुम्बिनीमा अविश्‍वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चार सांसद मन्त्री बन्दै

विक्रम खड्का |
बैशाख ६, २०७८ सोमबार १५:२३ बजे

बुटवल : लुम्बिनी प्रदेश सरकारमा चारजना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरू पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् । माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागिएको छ ।

लुम्बिनी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरिरहेको छ । नियुक्त हुने मन्त्रीहरूको सोमबार नै सपथ ग्रहण गराउने तयारी गरिएको हो । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागिसकेको छ । नवनियुक्त मन्त्रीहरूको आजै ४ बजे सपथ हुनसक्ने एक सांसदले बताए।



Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x